२३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्याउन गठबन्धन गरेको वरिष्ठ नेता पौडेलको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

२३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्याउन गठबन्धन गरेको वरिष्ठ नेता पौडेलको जिकीर


नयाँ विकल्प,

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्याउन गठबन्धन गरिएको बताएका छन् ।

उनले सत्ता गठबन्धनले गरेको चुनावी तालमेल निर्वाचनमा बहुमत ल्याउनका लागि भएकाले सोहीअनुसार काम गर्न र विरोध नगर्न आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।

गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाई छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पु¥याउँन गठबन्धनले सघाउने उनले बताए ।

संविधानको रक्षार्थ गठबन्ध अरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन नसक्नु दुखद भएको पौडेलको भनाई छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख १८, २०: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख १८, २०: १३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख १८, २०: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...