
नयाँ विकल्प,
तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्याउन गठबन्धन गरिएको बताएका छन् ।
उनले सत्ता गठबन्धनले गरेको चुनावी तालमेल निर्वाचनमा बहुमत ल्याउनका लागि भएकाले सोहीअनुसार काम गर्न र विरोध नगर्न आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।
गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाई छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पु¥याउँन गठबन्धनले सघाउने उनले बताए ।
संविधानको रक्षार्थ गठबन्ध अरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।
तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन नसक्नु दुखद भएको पौडेलको भनाई छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...