डा. सुरेन्द्र के.सी, राजनैतिक विश्लेषक
अहिलेको वामगठबन्धनको अग्रतालाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ ?
अब यस्तै हुन्छ भन्थे मान्छेहरु त्यस्तै खालको रुजान आइराखेको छ । सायद मान्छेको अनुमान मिल्छ कि जस्तो छ ।
यस पटक वामगठबन्धनले जुन किसिमको चुनावी तालमेल गरेको थियो त्यसमा तलमाथि नहुने अवस्था देखियो हैन त ?
प्रारम्भिक रुजानले त्यो भन्छ यिनिहरु त आपसमै काटाकाट हानाहान गर्ने तत्व हुन्, आफ्नै पार्टीको नेतालाई ढालेर आफै प्रधानमन्त्री बन्ने खालका हुन् यिनिहरु यस्ता मान्छेको भरोसा त के हुन्थ्यो र तर अहिले देखिएको रुजान चाँही त्यो छ ।
तर प्रचण्ड र के.पी. ओलीको एकता यस पटक साँच्चिकै एकतामा परिणत भएको देखियो नि ?
हो तर, प्रारम्भिक न हो । भाँडाको एक सिता भातले समग्र भाँडाको स्थिति बताउँछ भनेर भन्छन् । तर नेपालमा चाँही आस्था, मूल्यमान्यता सबै कुरा तोडेर अगाडि बढ्ने परम्परा छ । त्यस्तो बेलामा ठ्याक्कै यस्तो हुन्छ भन्ने हो भनेपछि फेरी आफै बेकुप हुनेमा परिन्छ ।
वामगठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना तपाईले देख्नु भयो कि भएन ?
यसरी अगाडि बढेर गयो भने त वामगठबन्धनको नेतृत्वमा सरकार पक्का भै हाल्यो तर यसको विपरीत नतिजा आयो भने त त्यो पनि हतारमानै विश्लेषण गरेको जस्तो हुने भयो नि त । दोस्रो चरणको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले अग्रता लिन्छ भन्ने कुनै आधार छैन किनभने तराइतिर मधेशको के हुन्छ त्यहाँ अलिअलि भर पर्छ । तर समस्या के भएको छ भने त्यहाँ पनि हामीले कल्पनानै नगरेको विमलेन्द्र निधिको विरुद्धमा मधेश पार्टीका नेता नै उभिदिए । त्यसका बीचबाट निस्केर आउन सजिलो भएन । मान्छेहरुको भनाइ के छ भने पार्टीका ठूलाठूला नेता नै चुनाव हार्दैछन् भन्ने मनोविज्ञान बढेर आयो ।
यसरी ठूला नेताहरुले किन र के कारणले चुनाव हारे ?
उनीहरुले परिणाम दिएनन्, सन्देश दिएनन् ।
तर तपाईलाई थाहा छ नि राजनीतिमा ठूला नेताहरुको पहुँच र प्रभाव त अहिलेसम्म कायम नै छ नि त ?
त्यही भएर तिनिहरुकै कारणले हामी यती दुखित भयौं । एउटा राजधानी बनेन, एक थोपा पानी पिउन पाइएन । कुलमान नआएको भए बत्ति पनि बल्ने थिएन । त्यही बत्तिको थुप्रो रहेछ तर हामीलाई अन्धकारमा राख्ने कमिसन खोरहरुले भन्ने कुरालाई विषय बनाइने गराइएको छ ।
संघीय ढाँचामा हाम्रो मुलुक गयो अब संघीय संसदको अभ्यास नेपालमा पहिलो पटक शुरु भएको छ, अब यसको आर्थिक, सामाजिक राजनीतिक रुपमा चुनौति के हुनसक्छ ?
संघीयतामा त गयो तर त्यो भन्दा महत्वपूर्ण कुरा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने हुन्छ । अबका चुनौतिहरु त प्रदेश नामाकरणको कुरा नै आउने छ । प्रदेश केन्द्रको कुरा आउने छ । प्रतिनिधित्वका कुराहरु आउनेछन् । स्रोत साधनको बाँडफाँड कसरी व्यवस्थित गर्ने २५ वर्षदेखि यिनिहरुले एउटा पनि ठूला भवन बनाउन सकेनन्, बनाएनन् । यस्ता तत्वहरुले तुरुन्तै गर्छन् भनेर भन्ने ठाउँनै कहाँ छ र ।
जनताको समृद्धि विकास हुनुपर्छ, आर्थिक वृद्धिदर बढ्नुपर्छ भन्ने छ नि हैन ?
हो तर अब नेतृत्वले सोच्नुप¥यो नि । नेतृतत्वले उपयुक्त व्यक्तिलाई अर्थमन्त्रीसम्म बनाएन । मेनपावरका व्यक्तिहरु लगेर राजदुत बनाइदियो । यिनै ठूला नेताले गरेका काम होइन त यी । जनतालाई भुलभुलैयामा पार्लान मत पाउलान जित्लान मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति पनि होलान तर परिणाम आउँछ भन्ने कुरामा त म कहिले पनि आशावादी छैन ।
त्यसो भए यो देशमा विकास र समृद्धि हुन सक्दैन ?
हैन म विकास र समृद्धि नै हुन्न भनेर भन्न त सक्दिन । सिंगापुर पनि एउटा दलदलमा फसेको भाग थियो । मलेसिया, चाइनामा पनि क्रान्ति भएको थियो । आर्थिक व्यवस्थापन हुन सकेको थिएन । सबै कुरा बेइमानी मात्र भए त्यो चाँही समस्या भयो । यी बेइमानहरुलाई बढारेर एउटा सही नेतृत्व त्यँहा गयो भने त नहुनी कुरा के छ र ? अहिले पनि मान्छेहरु भन्छन् प्रचण्डले २० सिट जितेर फरक्क फर्केर शेरबहादुरसँग घाँटी जोडे भने अनौठो हुँदैन भनेर ।
त्यो सम्भव छ र फेरी प्रचण्ड फर्केर शेरबहादुर देउवासँग सहकार्य गर्लान र ?
तपाईले हेरिरहनु भएको छ देखिरहनु भएको छ । शेरबहादुरसँग नौं महिनाको प्रधानमन्त्री भुक्तान गरेका होइनन् ? तर प्रचण्ड अहिले कहाँ छन् त ? अनि भोली के होला त ? कसले दाबी गर्न सक्छ ?
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.