
नयाँ विकल्प ,
काठमाडौं- नेपाल क्रिकेट संघले यु-१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको जनाएको छ । २०२३ मा अफ्रिकामा हुन लागेको विश्वकप छनोटका लागि क्यानले खेलाडीहरुको नामावली सार्वजनिक गरेको हो । सुरुवाति ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
क्यानले सोमबार सार्वजनिक गरेको नामावलीमा सोनु राजवंशी, किरण कुँवर, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, अन्जली विक, हिरान्मायी रोय, रन्जु श्रेष्ठ, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी रहेका छन् । छनोटमा नेपालसँगै मलेसिया, थाइल्यान्ड, युएई, चीन, भुटान, म्यानमार र कतार सहभागी हुनेछन ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...