पुल्चोकबाट तानिदै रातो मछिन्द्रनाथको रथ – Naya Bikalpa
April 20, 2024, Saturday

पुल्चोकबाट तानिदै रातो मछिन्द्रनाथको रथ


नयाँ विकल्प,

ललितपुर- एकातिर सिङ्गो मुलुकमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको पनि रौनक छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । आज रथलाई तानेर गाबहाल पु¥याइने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ । आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ ।

बिजुली, केबुल र इन्टरनेटको तारका कारण रथ तान्न समस्या हुनसक्ने भनाइ छ । रथ तान्दा नगर प्रहरीले रथलाई अवरोध गर्ने खालका तार काटेपछि रथ अगाडि बढाइनेछ ।

निर्वाचनकै दिनमा पनि रथ तान्नुपर्ने भएकाले रथ यात्राका क्रममा कुनै झगडा नहोस् भनेर दलहरुसँग पनि समन्वय गरिरहेको स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
  • २०७९ बैशाख २१, १५: १६

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै खुला...

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ बैशाख २१, १५: १६

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ बैशाख २१, १५: १६

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...