पुल्चोकबाट तानिदै रातो मछिन्द्रनाथको रथ – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

पुल्चोकबाट तानिदै रातो मछिन्द्रनाथको रथ


नयाँ विकल्प,

ललितपुर- एकातिर सिङ्गो मुलुकमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको पनि रौनक छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । आज रथलाई तानेर गाबहाल पु¥याइने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ । आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ ।

बिजुली, केबुल र इन्टरनेटको तारका कारण रथ तान्न समस्या हुनसक्ने भनाइ छ । रथ तान्दा नगर प्रहरीले रथलाई अवरोध गर्ने खालका तार काटेपछि रथ अगाडि बढाइनेछ ।

निर्वाचनकै दिनमा पनि रथ तान्नुपर्ने भएकाले रथ यात्राका क्रममा कुनै झगडा नहोस् भनेर दलहरुसँग पनि समन्वय गरिरहेको स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ बैशाख २१, १५: १६

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ बैशाख २१, १५: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ बैशाख २१, १५: १६

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...