
काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले संघीयता कार्यान्वन गर्न तीन तहकै सरकारले काम नगरेको गुनासो गरेका छन् । उनले तीनै तहको संघीय, प्रान्तिय र स्थानीय सरकार मिलेर कमिसन खादै चुरे क्षेत्र उत्खनन गरिरहेको आरोप लगाएका छन् ।
डा. यादवले मदन भण्डारी राजमार्ग निर्माणको नाममा चुरे क्षेत्रलाई बिनास गर्ने काम भइरहेको गुनासो समेत गरेका छन् । डिल्लीबजार कन्या कलेजको ३९ औं बार्षिकोत्सवको अवसरमा पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र समाप्त भए तराइमा पानीको अभाव हुने, भू–क्षय हुने र उत्पादन कम हुने चिन्ता व्यक्त गरेका हुन् ।
उनले भोलिका दिनमा मधेश र पहाडबीच विभेदको नाममा लडाइ हुनसक्ने भन्दै मुलुकको राजनीति बिग्रदै गएको आरोप लगाए । उनले जबसम्म राजनीतिमा इमान्दारीता हुँदैन तबसम्म बिकास विकास पनि नहुने भन्दै राजनीतिको नाममा व्यापार हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । नेपालको राजनीतिमा बीपी कोइराला, गणेशमान, किसुनजी, पुष्पलाल, मनमोहन अधिकारी र गिरिजावाबुको त्याग, बलिदान, उचाई र इमान्दारिता देख्दा हाम्रो शीर गर्वले उचो हुन्थ्यो तर अहिलेको राजनीतिज्ञ देख्दा दुःख लाग्ने गरेको यादवले बताए ।
आफूले विगतमा कांग्रेसको राजनीति गर्दा त्याग र क्रियाशिलताको आधारमा मुल्यांकन हुने गरे पनि अहिले कांग्रेसमै समानुपातिक सभासद बनाउन पैसा खाने गरिएको आरोप लगाए । कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले पाँच–पाँच करोड लिएर पनि कांग्रेसमा सांसद बनाएको कुरा सुन्दा धेरै चिन्ता लाग्ने गरेको बताए । आफूले राजनीति गर्दा मुलुकको सबै भूगोल र समुदायलाई बुझ्ने सौभाग्य पाए पनि अहिलेको पुस्तामा अध्ययनशिलता नभएको आरोप लगाए ।
संविधान जारी गर्ने समयमा समेत आफूले कुनै इसारामा काम नगरेको भन्दै पूर्वराष्ट्रपति यादवले संविधानप्रति सबै भूगोल र समुदायले अपनत्व अनुभव गर्न सकोस भनेर प्रयास गरेको बताए । उनले तत्कालिन प्रधानमन्त्री सुशील कोइराला मात्र नभई सबैलाई सरकार चाहिएकोले संविधान जारी गर्न हड्बडाएका हुन् ।
तर मेरो कुरा त्यसवेलाका प्रमुख दलका नेताहरुले सुनेनन जसले गर्दा तराई मधेशमा आन्दोलन भयो । म मुलुकको हितका लागि एक्लै तराइमा उभिँदा घरमा आक्रमण भएको, बीपीको शालिक ढालिएको अनुभव बताए । उनले संघीयता कार्यान्वनय गर्न संघीय सरकारले नै काम गरे जस्तो देखिँदैन र प्रदेशका सांसद आफ्नो भूमिका नपाएर रुदै बस्न बाध्य छन् । २०२५ सालमा विश्वको ५औं धान निर्यातकर्ता देश नेपाल अहिले बाहिरबाट बर्षेनी एक खर्ब बढीको खाद्यान्न आयात गर्न बाध्य भएको बताए । उनले ब्राजिलपछिको दोश्रो जलश्रोतको धनी देश भने पनि लोडसेडिङ र सिँचाइको अभावले पीडित हुनुपरेको बताए ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...