
नयाँ विकल्प,
काठमाडौं – सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने घोषणा गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताएकी हुन् ।
उनले विद्युतीय माध्यमबाट सञ्चालन भएर व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताईन् । यस्तै जलवायु परिवर्तन प्रभाव कम गर्न हरित जलवायु कोष परिचालन गरिने भएको छ ।
सरकारको २०७९/८० को नीति तथा कार्यक्रममा स्वच्छ एवं नविकरणीय उर्जा स्रोत र उर्जा दक्ष प्रविधिको प्रवद्र्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने वित्तीय स्रोत परिचालन गरिने बताइएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...