
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाले केही दिन यता दिएको अभिव्यक्ति प्रति पार्टीका असन्तुष्ट नेताहरुले असन्तुष्टी जनाउन थालेका छन् ।
कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइराला र गगन थापाले नेतृत्वप्रति असन्तुष्टी जनाएका हुन् ।
लोकतान्त्रिक र जीवन्त पार्टी भएकोले कांग्रेसमा देखिएको गुट, उपगुट र समूहले पार्टीलाई कुनै असर नगर्ने दुवै नेताले बताए । दुवै नेताले गुटको नाममा गिरोह भने सञ्चालन हुन नहुने बताए ।
सभापति देउवाका कट्टर आलोचकका रुपमा चिनिएका नेता डा.शेखरले गिरिजाप्रसाद कोइरालालाई तल देखाउन खोजेर पार्टी नेतृत्वले इतिकास मेट्न खोजेको आरोप लगाए ।
हाल देखिएको राजनीतिक परिवर्तनमाथि प्रश्न उठाउनेहरु राजनीतिक संस्कार र आचरण नभएका व्यक्तिले गर्दा यस्तो भएको डा. शेखरको प्रतिक्रिया थियो । उनले वाईडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्न राजनीतिक दलका नेतालाई कारबाही नगरेसम्म मुलुकबाट भ्रष्टाचार अन्त्य नहुने बताए ।
उनले धर्म परिवर्तन र गणतन्त्र कांग्रेसकै पहलमा आएकोले बिबाद गर्नु उचित नहुने बताए । अर्का नेता गगन थापाले पार्टीका सभापति देउवा र महामन्त्री डा. शशांक कोइरालाप्रति लक्षित गर्दै संविधानप्रति कतै गौरव गर्ने र कतै जनमत पछुताउनु गर्ने तथा एउटै बिषयमा दुई थरी अभिब्यक्तिले पार्टीको दृष्टिकोेण स्पष्ट नहुने बताए ।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधानसभाको निर्वाचन हुनु गौरवको घटना भएको बताए । सत्तामा शासकिय कुशलता देखाउन नसक्नु काँग्रेसको कमजोरी भएको बताए । कुन राजनीतिक बाटो पहिल्याउने भन्ने स्पष्ट नभएर अल्मलिएको नेतृत्वले पार्टी हाँक्न नसक्ने थापाको निष्कर्ष थियो । फाउण्डेसनकी अध्यक्ष पूर्वउप्रधानमन्त्री सुजाता कोइरालाले मुलुकमा देखिएका समस्या समाधानको लागि नेपाली कांग्रेस भित्रको एकता जरुरी भएको बताइन् ।
दुई साता अघि विप्लव नेतृत्वको नेकपामा प्रतिवन्ध लगाउने सरकारको निर्णयको स्वागत गरेका सभापति देउवाले एक साता अघि सरकाकारको सो कदम गलत भएको बताए । दुई दिन अघि मात्र महामन्त्री डा. शशांक कोइरालाले हिन्दु बाहुल्य भएको मुलुक धर्म निरपेक्षता उपयुक्त नहुने भन्दै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको बिषयमा जनमत संग्रह गर्नु पर्ने धारणा राखेका थिए गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको परिवर्तन उल्ट्याउन पार्टी भित्रकै शक्ति लागि परेको भन्दै त्यसका बिरुद्ध खबरदारी गर्न युवाहरुमा आव्हान गरेका छन् ।
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...