
नयाँ विकल्प,
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई जना केन्द्रीय सदस्यको टुंगो अर्को साधारण सभाबाट मात्र लाग्ने भएको छ ।
नयाँ नेतृत्व चयनका लागि भएको सोमबार निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुंगो अर्को साधारण सभाले लगाउने भएको हो ।
१३ सदस्यीय खुल्लाका लागि ३२ जना प्रतिस्पर्धीमध्ये केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रबिन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा (४०) मत प्राप्त गर्दै निर्वाचित भएका ह ।
दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका हुन् । बराबर मत प्राप्त गरेका यी चार जना मध्ये दुई जना सदस्य बन्नेछन् । यसको टुंगो आसन्न साधारण सभाले लगाउने गरी निर्णय भएको एन्फाले जनाएको छ ।
एन्फामा १९ केन्द्रीय सदस्यहरुमध्ये नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट १२ जना र कर्माछिरिङ शेर्पाको प्यानलको ७ जना छन् । बराबर भोट ल्याउने चार जनामध्ये तीन जना कर्मा प्यानलका छन् ।
निवर्तमान अध्यक्ष शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...