
नयाँ विकल्प,
काठमाडौं- फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा गरिएको हो ।
यस फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा अभिनय रहने छ । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका निर्देशन सुदर्शन थापाले गर्दैछन् ।
फिल्म २०७५ सालमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेलको रूपमा बन्न लागेको हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेलमा भने निर्देशक फेरिएका छन् । सुशील पौडेलको लेखन रहेको फिल्ममा केशव पाण्डे र सुभाष थापा निर्माता हुन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...