काठमाडौं । नबिल बैंकले ३.९४ प्रतिशत ब्याजमै ऋण दिने गरी नयाँ स्किम ल्याएको छ । महिलाले चलाएको लघुउद्यममा नबिलले १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ । बैंकले महिलाकै लागि डेढ करोड रुपैयाँसम्म ऋण दिने अर्को स्किम पनि ल्याएको छ । यसको ब्याज ९.९९ प्रतिशत छ । ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको जानकारी दिए ।
बैंकले महिलाकै लागि उच्चतम ब्याजदरसहितको बचत खाता पनि ल्याएको छ । बैंकले ‘नबिल नारी’ अभियान सञ्चालन गर्दै बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । ‘देशमा नारीको उपस्थिति जनसंख्याको आधा भएपनि उद्यम ब्यवसायमा निक्कै कम छ । त्यसैले उनीहरुलाई आर्थिक रुपमा सशक्तीकरण गर्नका लागि पनि बचत र ऋणको स्किम ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहको भनाई छ ।
नबिल प्रिमियम बचत खातामा ४.७५ प्रतिशत ब्याजका साथै विभिन्न सेवाहरुमा छुट पनि घोषणा गरिएको छ । बचत खाता खोल्नेले कार्ड, डिमान्ड ड्राफ्ट र स्फिट ट्रान्सफर र लकर सुविधा उपलब्ध गराउने छ । डेढ करोड रुपैयाँसम्म ऋण उपलब्ध हुने नबिल नारी कर्जा पाउनका लागि महिनाहरुको स्वामित्वमा स्थापित संस्था हुनुपर्छ । संयुक्त लगानीको फरक भए कम्तिमा ५० प्रतिशत स्वामित्व महिलाको हुनुपर्छ । कम्पनी भए ५१ प्रतिशत शेयर हुनुपर्छ ।
यो ऋण लिनेले ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्डका साथै एसएमएस सुविधा निशुल्क पाउने छ । यो कर्जा कागजपत्र बुझाएको पाँच दिनभित्र पाइने नपाइने जानकारी ग्राहकले पाउने शाहले जानकारी दिए । यो ऋणमा धितो अनिवार्य छैन । ब्यवसायको संभाब्यता हेरेर बैंकले धितो चाहिने नचाहिने टुङ्गो गर्ने छ ।
महिलाले चलाएको लघुउद्यम ऋण १५ लाख रुपैयाँसम्म पाइन्छ । यसको ब्याज ३.९४ प्रतिशत छ । यो ऋण १८ देखि ६५ बर्षसम्मका महिलाले पाउने छन् । यसमा धितो राख्नु पर्दैन । यो ऋण प्रकृया सुरु गरेको २१ दिनभित्र उपलब्ध हुने छ । बैंकले ल्याएको ऋण स्किममा सहभागी हुन जुनसुकै शाखामा गए पनि हुन्छ ।
‘नारीको सम्मानका लागि हामीले ऋणको स्किम ल्याएका हौं । त्यसैले एक पटक नबिलको जुनसुकै शाखामा जानका लागि नारीहरुलाई आग्रह गर्ने शाहले बताए । ‘त्यहाँ गएपछि ऋण लिनैपर्छ भन्ने छैन । तर यसका बारेमा जानकारी लिँदा पक्कै फाइदा हुने उनको भनाइ छ ।’ बैंकले नबिल नारी मार्फत ल्याएका तीन बटा ‘प्रडक्ट’ को प्रवद्र्धन गर्न नायिका प्रियङ्का कार्कीलाई ‘नबिल नारी’ नियुक्त गरेको छ । उनले यस अभियानमा पाउने पारिश्रमिक आफ्नो फाउन्डेसन आयन्का फाउन्डेसन’ लाई दिएर सामाजिक कार्यमा खर्च गर्ने बताएकी छिन् ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...