नेप्सेमा दोहोरो अंकले वृद्धि – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेप्सेमा दोहोरो अंकले वृद्धि

नयाँ विकल्प,

काठमाडौं – बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि हुँदै २ हजार अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १४.७१ अंकले बढेर २००१.५३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यो सूचक एकै दिन ५९ अंकले बढ्दै १९८६ अंकमा अडिएको थियो । १४ अंकमाथिले बढेको बजारमा आज २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने, माइक्रोफाइनान्स समूहको १.२८ प्रतिशतले, फाइनान्स समूहको १.६१ प्रतिशत बढेको छ ।

यस्तै बैंकिङ समूहको उपसूचक ०.५३ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ०.९५ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशतले, इन्भेष्टमेन्ट समूह ०.०५ प्रतिशतले, जीवन बीमा समूह ०.१२ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ०.७५ प्रतिशतले, म्युचुअल फन्ड ०.७४ प्रतिशतले, निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले, ट्रेडिङ समूह ०.२९ प्रतिशतले र अन्य समूहको उपसूचक ०.३४ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ असार ३०, १७: २१

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ असार ३०, १७: २१

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ असार ३०, १७: २१

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...