
नयाँ विकल्प,
काठमाडौं – एन्जल्स हार्ट मावि–कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन् । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ । त्यस्तै पहिलो हुनेलाई १०० प्रतिशत र दोस्रोलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिने छ ।
सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रालिका अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६ हजार रुपैयाँ खर्च हुनेछ । दुई दिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइने छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...