
नयाँ विकल्प,
काठमाडौं – नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू भोलि (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू भोली सर्वजनिक गर्ने योजना भएको बताएको छ । क्यानले पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो ।
क्यानका अनुसार सार्वजनिक टिममा तीन नेपालका र तीन नेपाल बाहिरका टिम भएको क्यानका एक सदस्यले बताए ।
क्यानले आयोजना गर्ने लिगको सबै राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई बेचेको छ । त्यसैकारण क्यान र सेभेन थ्री स्पोर्ट्स बीचको सम्झौताका विषयलाई लिएर सर्वोच्च अदालत र अख्तियारमा मुद्दा परेको छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...