
नयाँ विकल्प,
काठमाडौं – जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ । सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए । जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेको स्रोतले जनाएको छ ।
पार्टीको नामदेखि विधानबारेमा भोलि बस्ने बैठकले तय गर्ने उनको भनाई थियो । निर्वाचनको मुखमा नयाँ पार्टी दर्ता गराउन आयोगले नमाने यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई नै प्रयोगमा ल्याउने बाबुरामको तयारी छ ।
नयाँ पार्टीका लागि विभिन्न नामहरू प्रस्ताव भएका छन् । त्यसमाथि पनि छलफल भइरहेको छ । संघ र प्रदेशको चुनावमा भाग लिने गरी पार्टी दर्ता गराउने सोच डा. भट्टराईको छ ।
अहिले पार्टीमा एकजना संयोजक र आयोगको आवश्यकता अनुसार अन्य पदाधिकारीहरू राखेर पार्टी दर्ता गराउने बाबुराम भट्टराई पक्षको सोच रहेको छ । पार्टी गठन भइसकेपछि थप छलफल गरेर पार्टीको संरचना निर्माण गर्ने बाबुराम पक्षको तयारी छ ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...