
नयाँ विकल्प,
काठमाडौं – बलिउड अभिनेता रनवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
यसको प्रत्यक्ष असर फिल्मको बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो दिन बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । रिपोर्टका अनुसार १५० करोड भारुको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा जम्मा १०.२५ करोड भारु मात्र कलेक्सन गर्न सक्यो ।
फिल्म विश्वभर ५५०० स्क्रिनमा रिलिज भएको छ भने भारतमा ४३५० स्क्रिन पाएको छ । तर यति धेरै स्क्रिन पाउँदा पनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...