काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं.९ मा वामपन्थि गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा कृष्ण गोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य (क) प्रदेशमा केशव पोख्रेल प्रदेश (ख) मा विजयी भएका छन् । काठमाडौंको निर्वाचन क्षेत्र ९ काठमाडौं महानगरपालिकाको वार्ड नं. १२ टेकु, १४ कंलकी, कुलेश्वर, २१ लगन, जैसिदेवल र २२ खिँचापोखरी वीर अस्पतालसम्म सिमा रहेको क्षेत्र नं (क) प्रदेशमा एमालेका अजयक्रान्ति शाक्य प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रमान तुलाधर रहेका थिए । त्यसैगरी काठमाडौं निर्वाचन क्षेत्र ९ (ख) अन्तर्गत नागार्जुन नगरपालिकाको वडा नं. ६ रामकोट वडा नं. ७ स्यूचाटार सोतीगाउँ, वडा नं. ८ भिमढुंगा र ९ र १० रहेको स्यूचाटार हुँदै चन्द्रागिरी नगरपालिकाको वार्ड नं. १ दहचोक, वडा नं. १२ बलम्बु, वार्ड नं. १३ पुरानो नैकाप वडा नं. १४ नपा नैकाप, वार्ड नंं १५ तीनथाना प्रदेश
(ख) बाट केशव पोख्रेल विजयी भएका छन् ।
नागार्जुन नगरपालिका र चन्द्रागिरी नगरपालिका दुई वटै नगर प्रमुख (मेयर) कांग्रेसबाट निर्वाचित भएका थिए । कांग्रेसले आफ्नो किल्ला बनाउँदै आएको उक्त क्षेत्रमा यस निर्वाचनमा भने पराजय भोग्नु परेको छ । ९ नं. क्षेत्र प्रदेश सभा (ख) मा निर्वाचित केशव पोखे्रलका प्रतिस्पर्धी कांग्रेसका चर्चित युवा नेता धर्मराज गौतम रहेका थिए ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...