एसपीपी बहस जारी रहेका बेला विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एसपीपी बहस जारी रहेका बेला विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा

नयाँ विकल्प,

काठमाडौं- अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन्। नेपालले स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु नेपाल आए लगतै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपरान्ह साढे चार बजेतिर काठमाडौं आइपुग्ने भएका छन्।

उनी काठमाडौंमा हुने एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ। लुको काठमाडौं भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन्।

काठमाडौंमा रहँदा उनले परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट गर्ने छन्। उनको अरू भेटघाटबारे खुलाइएको छैन।नेपालमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ बारे बहस जारी रहेका बेला अमेरिकी उच्च अधिकारी काठमाडौं आउन लागेका हुन्।

लुले यसअघि एमसीसी सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ श्रावण १२, १२: १४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ श्रावण १२, १२: १४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ श्रावण १२, १२: १४

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...