
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने जनाएको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने भएको छ । सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेको विषयहरुमध्ये विद्यार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेको भए ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । बोर्डले आइतबार ग्रेडवृद्धि परीक्षाको समय तालिका समेत सार्वजनिक गरेको छ । भदौ ११ र १२ गते बिहान ८ बजेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
बोर्डले गत बुधबार २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको थियो । उक्त परीक्षामा सहभागी सहभागी नियमित परीक्षा तर्फका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...