
नयाँ विकल्प,
काठमाडौंं – चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ ।
चुरे दोहन बन्द गर, छानबिन प्रतिवेदन सार्वजनिक गर, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउ लगाएका माग राखेर उनीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।
सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासीहरु जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाइसकेको बताए । पछिल्लो समयमा सुकुम्बासीहरु रिले अनसन बस्दै आएका छन् ।
सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...