चुनावको मिति अन्योलमा – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

चुनावको मिति अन्योलमा

नयाँ विकल्प,

काठमाडौं – आज बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति तोक्ने आँकलन गरिएपनि अहिलेसम्म मन्त्रिपरिषद बैठक बस्ने कि नबस्ने भन्ने टुंगो लागेको छैन । सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ । मन्त्रीहरुले बैठकबारे दिउँसोसम्म कुनै खबर नआएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले पनि अहिलेसम्म बैठकबारे निश्चित भइनसकेको बताए । उनले अहिलेसम्म बैठक बस्ने समय नतोकिएकाले आजको सम्भावना कम रहेको बताए । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर सरकारले भने चुनावको मिति तोक्न ढिलाई गर्दा मंसिरमा निर्वाचन हुने नहुने भन्नेमा अन्यौल बढ्न पुगेको छ ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण १६, १६: ००

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण १६, १६: ००

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण १६, १६: ००

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...