मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै

काठमाडौ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ ।

यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ ।

यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने धार्मिक विश्वास छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग पँजा पञ्चमीका दिन गरिन्छ ।

बिहानै स्नान गरी गार्ईको गोबर अथवा गहुँको पिठोबाट निर्मित वा कागजमा बनाइएको नागलाई दियो, कलश, गणेश पँजा गरी दही, दुबो, कुश, फँल, सिन्दँर, चन्दनले पँजा गरिन्छ । नाग पँजा गरी, धँपदीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरका ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग नष्ट हुने विश्वास छ ।

आजको दिन काठमाडौं नक्सालको नागपोखरीमा मेला लाग्ने गरेको छ । नागपोखरीबाहेक कर्कोटक नागको बासस्थानका रूपमा परिचित काठमाडौं टौदह, कालीनागको बासस्थान ललितपुर धापाखेल नागदह, भक्तपुर सिद्धपोखरी, पनौतीलगायत विभिन्न दहमा मेला लाग्ने गर्छ ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण १७, ०७: ३२

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण १७, ०७: ३२

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १७, ०७: ३२

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...