म्याग्दीमा पहिरोले तीनवटा घर बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

म्याग्दीमा पहिरोले तीनवटा घर बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता

म्याग्दी । अविरल बर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।

पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानियवासीले उनीहरुको खोजी जारी राखेका छन ।

प्रहरीका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेकाे छ ।

सम्बन्धित समाचार

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७९ श्रावण १७, ११: १५

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...

प्रेस स्वतन्त्रताको नाजुक अवस्था र अध्यादेशको बाढीले दिने सन्देश कस्तो हो ?
प्रेस स्वतन्त्रताको नाजुक अवस्था र अध्यादेशको बाढीले दिने सन्देश कस्तो हो ?
  • २०७९ श्रावण १७, ११: १५

१. प्रेस स्वतन्त्रता निर्बाध रहोस् मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइन्छ । आजका दिन नै अभिव्यक्ति स्वतन्त्रतासँग...

गोली चलाएर पिंगलास्थानबाट दुई जना पक्राउ
गोली चलाएर पिंगलास्थानबाट दुई जना पक्राउ
  • २०७९ श्रावण १७, ११: १५

काठमाडौं : लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।...