सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने मिति मंगलवार सकिँदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने मिति मंगलवार सकिँदै

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवारसम्म लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा प्रतिकित्ता रू १०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी-आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १७, ११: ४३

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७९ श्रावण १७, ११: ४३

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७९ श्रावण १७, ११: ४३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...