इन्डक्सन चुलोको मागको वृद्धिदर उत्साहजनक रहेन – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

इन्डक्सन चुलोको मागको वृद्धिदर उत्साहजनक रहेन

नयाँ विकल्प,

काठमाडौं – गत वर्ष नेपाली बजारमा इन्डक्सन चुलोको मागको वृद्धिदर उत्साहजनक रहन सकेन । विद्युतीय चुलो प्रयोग बढाउने सरकारी योजना गफमै सीमित रह्यो ।

सरकारले विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरिरहे पनि विद्युत् वितरण प्रणालीमा रहेको समस्या समाधान नहुँदा नेपालमा इन्डक्सन आयात अघिल्लो वर्षकोभन्दा सामान्य मात्रै वृद्धि भएको व्यापारीहरुले बताएका छन् । पटक(पटक बिजुली गइरहने समस्याले विद्युतीय चुलो किन्न र किनेकाहरुले नियमित प्रयोग गर्न चासो नदेखाएका हुन् ।

विद्युतीय चुलो प्रयोग बढ्ने सम्भावना धेरै भएपनि बजारमा माग नबढेको तथ्यांकले देखाउँछ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७८/७९मा ९साउन ०७८देखि असार ०७९सम्म० नेपालमा ३२ करोड २८ लाख मूल्य बराबरको १ लाख ५८ हजार २६४ वटा इन्डक्सनरइन्फ्रारेड चुलो आयात भयो । यो संख्या आव ०७७/७८को भन्दा करिब ३ हजार वटा मात्रै बढी हो ।

आर्थिक वर्ष ०७७/७८मा २४ करोड ८२ लाख मूल्यको १ लाख ५४ हजार ९८८ वटा इन्डक्सन आयात भएको थियो । त्यसअघि आव ०७६र७७मा नेपालमा २ करोड ४८ लाख रुपैंयाँको १० हजार ४३५ वटा इन्डक्सन आयात भएको थियो ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १८, १२: २९

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण १८, १२: २९

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण १८, १२: २९

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...