‘झिङ्गेदाउ’ भदौं १७ गतेदेखि प्रदर्शनमा आउने | Naya Bikalpa
December 5, 2022, Monday

‘झिङ्गेदाउ’ भदौं १७ गतेदेखि प्रदर्शनमा आउने

नयाँ विकल्प,

काठमाडौं – वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको छ । वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्र निर्माण सम्पन्न भएपछि त्यसका केही महत्वपूर्ण अंश आज प्रदर्शन गरिएको हो ।

यसअघि निर्देशक देउजाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘मुनामदन’को निर्देशन गरेका थिए । वरिष्ठ छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँमाला गौतम, प्रतीक्षा शाह चन्दलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्म क्र्यु नेपाल र कपनगढी सिनेमा प्रालिको संयुक्त लगानीमा उक्त चलचित्र करिब चार वर्षको समयावधि तथा रु दुई करोडको लागतमा निर्माण भएको हो ।

सम्बन्धित समाचार

कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
कांग्रेस‌ बन्यो प्रत्यक्षतर्फ पहिलो दल
  • २०७९ श्रावण २२, २०: ५५

नयाँ विकल्प, काठमाडौं -‌ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय
  • २०७९ श्रावण २२, २०: ५५

नयाँ विकल्प, काठमाडौं – सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
  • २०७९ श्रावण २२, २०: ५५

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय...