अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा कारण १२ जनाको मृत्यु – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा कारण १२ जनाको मृत्यु

नयाँ विकल्प,

काठमाडौं- अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फैलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरू मध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन् ।

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) को आर्थिक सहयोगमा स्थानीय अधिकारीहरूले यस प्रान्तमा सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विभिन्न किसिमका पाँचवटा प्रतिक्रिया टोलीहरू स्थापना गरेको पनि अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ श्रावण २२, २१: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण २२, २१: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७९ श्रावण २२, २१: ४०

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...