पक्राउ पूर्जी जारी भएका ‘पत्रकार’को ठगि धन्दा चल्दै: प्रहरी र विभाग रमिते – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पक्राउ पूर्जी जारी भएका ‘पत्रकार’को ठगि धन्दा चल्दै: प्रहरी र विभाग रमिते

काठमाडौं – पत्रकारको आवरणमा दर्जनौं सोझा साझा युवालाई युरोपको रुमानीया भन्ने देशमा बैदेशीक रोजगारीको व्यवस्था मिलाई दिने भन्दै ठगी धन्दा चलाउने झापाका एक पत्रकारलाई कारबाहीको सट्टा भगाउनमा सरकारी निकायको शंकास्पद भूमिका देखिएको छ ।

झापाको दमकस्थित हिमशिखर टेलिभिजनमा आवद्ध हुँदै उज्यालो खबर डटकम न्युज पोर्टलका कार्यकारी सम्पादक रहेका पत्रकार भूमिराज पराजुलीले बैदेशिक रोजगारीमा पठाई दिने भन्दै ठगी गरेको दाबीसहित बैदेशिक रोजगार विभागमा पीडितले उजुरी दिए पनि उनलाई कारबाही भएको छैन ।

उनलाई नरेन्द्र तामाङसहितका तीन जना पीडितले उजुरी दिएपछि विभागले गत असार २८ गते पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ गर्न झापा जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरे पनि प्रहरीले उनलाई पहिले नै सूचना चुहाउँदा उनी झापा छाडेर काठमाडौं आएका थिए ।

पक्राउ पूर्जी जारी भएको तीन सातासम्म पनि प्रहरीले चासो नदेखाएपछि पीडितहरु इलाका प्रहरी कार्यालय दमकमा पक्राउ पूर्जीको नक्कल प्रति लिएर गएका थिए । तर, त्यति नै बेला प्रहरीले उनलाई पक्राउ गर्न दबाब आएको भन्दै सूचना दिएर भगाएको थियो ।

उनलाई पक्राउ पूर्जी जारी भएको थाहा भएपछि उनी संलग्न दमकस्थित हिमशिखर टेलिभिजनले उनलाई तत्काल सेवाबाट अवकास दिएको थियो । तर, काठमाडौंमा खुलेआम हिँड्दै गरेका पराजुलीले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिधा सम्पर्कमा रहेको पत्रकार भन्दै नपक्रन विभागका कर्मचारीलाई भनेका थिए ।

उनले दर्जन बढीबाट करिव ४० लाख बढी रकम उठाए पनि नरेन्द्र तामाङसहित तीन जनालाई विभागमै बोलाएर पैशा दिएका थिए । तर विभागले उनलाई पक्राउ गरी कानूनी कारबाही गर्नुको सट्टा उल्टै उन्मुक्ति दिएको छ ।

उनबिरुद्ध विभागले पक्राउ पूर्जी जारी गरेपछि पुन सर्वसाधरणलाई ठग्न छाडेका छैनन् । उनलाई असर २८ गते पक्राउ पूर्जी जारी भएको थियो तर उनले पुनः साउन १९ गते झापाकै भद्रपुर नगरपालिका ३ बस्ने मनिराज राईका छोरा बर्ष ३४ को रन्जीत राईसँग पत्रकार भूमिराज पराजुलीले एक महिनाभित्र रोमानिया पठाउने भन्दै तीन लाख रुपैयाँ बुद्धनगरमा तमसुक गरी लिएका छन् ।

उनको ठगी धन्दामा साथ दिँदै साछीको रुपमा भद्रपुर ६ बस्ने वर्ष ३७ को गम्बीर भुजेल बसेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको जनवर्गिय संगठन प्रेस चौतारी नेपालको ‘माईपश्चिम झापाका जिल्ला अध्यक्ष समेत रहेका पराजुलीले झापा, मोरङ, इलाम लगायतका जिल्लाका स्थानीयलाई बैदेशिक रोजगारीमा पठाउने नाममा लाखौं ठगी गरेका प्रमाणहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक भइसकेका छन् ।

बैदेशिक रोजगार विभागकी अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीले जिल्ला प्रहरी कार्यालय झापालाई पत्र पठाउँदै कसुरदार नीज पराजुलीलाई पक्राउ गरी स्वास्थ्य परिक्षण गराई विभागमा पठाई दिन आग्रह गर्दै पत्राचार गरेकी थिईन्।
पीडितमध्येका नरेन्द्र तामाङ र गम्भीर भुजेललले गत वर्ष सेप्टेम्वर १ र अक्टोबर १ मा गरी एनआईसी एसिया बैंकमा खाता खोलेका पराजुलीलाई क्रमश ९० हजार र दुई लाख रुपैयाँ जम्मा गरिदिएको भेटिन्छ ।

पत्रकार पराजुलीले १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी विभागमा परेको थियो । दमकमा रहेर पत्रकारिता गरिरहेका पराजुलीलाई खोज्दै प्रहरी उनी कार्यरत सञ्चार संस्था हिमशिखर टेलिभिजनमा पुगेपिछि टेलिभिजनले सेवाबाट बर्खास्त गरेको छ ।

पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताउँछन्।

पराजुलीले बिर्तामोड–४ स्थित दीपक अधिकारीबाट तीन लाख, शिवसताक्षी–८ निवासी नरेन्द्र तामाङबाट २ लाख ९० हजार, भद्रपुर–२ निवासी नरेश मगरबाट एक लाख ५० हजार, भद्रपुर–२ निवासी केशवकुमार मगरबाट एक लाख ५० हजार, वेलवारी–४ मोरङ निवासी दिनेश धिमालबाट एक लाख ३० हजार, देउमाई–७ इलामका हस्तवहादुर गोलेबाट २ लाख ९० हजार, देवजङ्ग राईबाट एक लाख ४० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।

रोमानियामा किचन हेल्परका लागि पठाउने भन्दै उनले शुरुमा पेश्की स्वरुप एक लाख रुपैयाँ लिएको र पछि वर्क पर्मिट आएको भन्दै थप दुई लाख गरी तीन लाख रुपैयाँ लिएको पीडित दिपक अधिकारी बताउँछन्।

पत्रकार पराजुलीले रोमानिया पठाउने भन्दै धेरैलाई घरमै बोलाएर इन्टरभ्यू समेत लिने गरेका थिए । इन्टरभ्यूपछि रोमानियाको भिषा पक्का भयो भन्दै रकम लिने गरेको बताइएको छ ।

पत्रकार पराजुलीले आफ्नो खातामा क कसले कति कति पैशा हालिदिएको भन्ने जानकारी नभएको बताए । पराजुलीलाई किन कारबाही नभएको होला भनेर बैदेशीक रोजगार विभागका सूचना अधिकारीको जिम्मेवारी लिएका निर्देशक कृष्णप्रसाद भूषाल सम्पर्कमा आउन चाहेनन् । उनले प्रयोग गर्ने मोबाईल नम्वर ९८५१११२३१५ मा सम्पर्क गर्दा स्विच अफ गरेको पाइयो ।

स्रोतका अनुसार पराजुलीलाई कारबाही गर्न एमालेका उच्च नेताहरुले विभागका निर्देशक शेषनारायण पौडेललाई समेत दबाब दिएका कारण पराजुलीले उन्मुक्ति पाएको स्रोतले बतायो ।

उता आफूलाई नेपाल पत्रकार महासंघले कारबाही गर्न लागेको विषयलाई राजनीतिक रंग दिँदै पराजुलीले प्रेस चौतारी नेपालसँग आबद्ध रहेका पत्रकारहरुलाई उचालेर महासंघको कार्यालयमा हुलहुज्जत र तोडफोड गर्ने चेतावनी दिने गरेको महासंघका एक सदस्यले दुखेसो पोखे ।

पत्रकारको भेषमा बैदेशीक रोजगारीको लागि युवाहरुलाई ठगी गर्दै आएका पराजुलीले आफूले प्रयोग गर्ने दुई वटा मोबाइल अफ गरेर राजधानीमै लुकिछिपी बसेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ श्रावण २३, १५: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ श्रावण २३, १५: १५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ श्रावण २३, १५: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...