
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन् । सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको र छिट्टै टुंगोमा पुगिने विश्वास समेत व्यक्त गरे । उनले असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय चाडको रुपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुने जानकारी समेत दिए । विभिन्न ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिएमात्र सो खेल प्रतियोगिताको रुपमा गणना हुने पनि सदस्यसचिव घिसिङले स्पष्ट पारे ।
सो अवसरमा उनले आगामी भदौ १५ सम्म सबै ११ वटै टिमले आफ्ना खेलाडीको छनोट गरी राखेपमा पठाइसक्नुपर्ने बताए । प्रतियोगितामा एकल तर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार इनाम पाउने छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुनेगरी तयारी भइरहेको सदस्यसचिव घिसिङले जानकारी दिए । प्रतियोगिताका लागि १० लाख रुपैयाँ बराबरको ट्रफी (चाँदी जडित) बनाउने कार्य जारी रहेको र सो ट्रफी सात वटै प्रदेशमा पु¥याइने राखेपले जनाएको छ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...