
नयाँ विकल्प,
काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनभन्दा अगाडि भ्याएसम्म देशका ७७ वटै जिल्लामा सांगीतिक कन्सर्ट गर्ने योजना बनाएको छ ।सामान्यतयाः कलाकारहरुको समूहले बाजागाजासहित दर्शकहरुलाई मनोरञ्जन दिन कन्सर्ट गर्ने गरिन्छ । बाजा बजाएर, गाएर र नाचेर गरिने सांगीतिक महौलबाट दर्शकले मनोरञ्जन पाउँछन् । तर निर्वाचन आयोगले भने मतदाता शिक्षा दिनका लागि यस्तो कन्सर्टको आयोजना गर्न लागेको हो ।आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन सचेतना र मतदाता शिक्षाका लागि सांगीतिक टोलीसहित कन्सर्ट गर्न लागेको जानकारी दिएका छन् । निर्वाचन शिक्षाका लागि छापा, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालका साथै सांगीतिक कन्सर्ट गर्ने योजना रहेको उनले बताए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...