काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरण गरी भएका निर्वाचनहरुको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त परिणाम कतिका लागि स्वभाविक भएको छ भने कतिको लागि पत्याउनै नसकिने भएको छ । यसपटकको चुनावी नतिजाले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई भने नराम्रो धक्का दिएको छ । तर बामगठबन्धनको कारण देशभर एमाले र माओवादीको जनलहर चलेका बेला बामहरुबीच गठबन्धन गराउने प्रमुख दुई पात्रहरु नै पराजित भएका छन् ।
एमालेका तर्पmबाट एमाले उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका तर्पmबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ गठबन्धनका मूख्य सूत्रधारहरु लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुबाट पराजित भएका हुन् ।
बर्दिया क्षेत्र नं. १ बाट बामगठबन्धनका उम्मेदवार बनेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई नेपाली कांग्रेसका सञ्जय गौतमले पराजित गरेका हुन् । सञ्जय गौतमले बामदेव गौतमलाई ७५३ मतको अन्तरले पराजित गरेका हुन् । उता गोरखा दुईको चुनाव यसपटक निकै चर्चामा रह्यो । कारण थियो बाबुराम भट्टराई र नारायणकाजी बीचको प्रतिस्पर्धा ।
एउटै पार्टीमा रहेर हातमा हात मिलाएर दश वर्षे जनयुद्ध लडेर आएका यी दुई नेता यसपटक एक अर्काको प्रतिस्पर्धी भएर उभिएका थिए । माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका थिए भने नारायणकाजी बामगठबन्धनको उम्मेदवार । चुनाव बाबुराम भट्टराईले जितेपछि बामगठबन्धनमा पनि खैलाबैला मच्चिएको छ ।
कांग्रेसको सहकार्यमा सरकारमा सामेल हुँदाहुँदै प्रमुख विपक्षी दल नेकपा एमालेसँग माओवादी गठबन्धन गर्न पुगेको थियो । यसपटकको चुनावमा चतु¥याईं नगरे सत्तामा पुग्न कठिन हुने निष्कर्षमा एमाले थियो भने नयाँ जुक्ति ननिकाले पार्टीको अस्तित्व नै सखाप हुने डर माओवादीलाई थियो । यदि गठबन्धन नभएको भए यी दुई कम्युनिष्ट पार्टीको हालत त्यस्तै हुने मतपरिणामले देखाएको छ ।
दुवै दलको आ–आप्mनो स्वार्थ रहेको र ती स्वार्थ एकै ठाउँमा ल्याउँदा दुवैलाई फाइदा हुने विश्लेषण सहित एमालेका तर्पmबाट बामदेव गौतम र माओवादीका तर्पmबाट नारायणकाजीले बामगठबन्धनका लागि निकै कसरत गरे र गठबन्धन गराई छाडे । यद्यपि गठबन्धनका अन्य नेताहरु जिते पनि यी दुई प्रमुख पात्रहरुले भने पराजय भोग्नु परेको छ । यी दुवै नेता चुनाव जितेको खण्डमा अब बन्ने सरकारमा उपप्रधानमन्त्री बन्ने दाउमा थिए । यद्यपि सत्तामा बसेर २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा गर्दा बामदेव गौतमले तहल्का मच्चाएका थिए । तत्कालिन अवस्थामा छानी छानी कांग्रेसको उम्मेदवार हराउन प्रहरी प्रशासनदेखि कर्मचारीलाई समेत प्रयोग गरेको फेला परेपछि पर्यवेक्षकदेखि राजनैतिक दलहरुले समेत निर्वाचनप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...