काठमाडौं । साताको कारोबारको चौथो बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से ०.३६ अंकले घटेर दुई हजार ४० दशमलब ७० विन्दुमा थामिएको छ । आज नेप्सेमा एक अर्ब ४० करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । स्वयतगंगा हाइड्रोपावर कम्पनी, मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्र, अप्पर हेवाखोला, सपोर्ट लघुवित्त वित्तीय संस्था र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सामलिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १८ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...