रास्वपा महाधिवेशन : मतदान जारी – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

रास्वपा महाधिवेशन : मतदान जारी


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ । महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूका लागि गएराति १२ बजेपछि मतदान सुरू भएको हाे ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय माध्यमबाट मतदान भइरहेकाे हो । बिहान सवा ६ बजे सम्ममा १ हजार ५७९ भोट खसेकाे निर्वाचन आयोगले जनाएकाे छ ।

यसअघि निर्वाचनको समय-तालिका पटकपटक सारिएको थियो । केसीले मतदान आज बिहान १० बजेसम्म सञ्चालन हुने जानकारी दिए । निर्वाचनमार्फत पार्टीको केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी चयन गरिनेछ ।

निर्वाचनमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

गत ७ असारदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्ने भएकाले यसलाई पार्टीभित्र महत्त्वपूर्ण राजनीतिक प्रक्रियाका रूपमा हेरिएको छ ।

मध्यरातमा मतदान सुरू भएसँगै अहिले महाधिवेशन प्रतिनिधिहरू लाम लागेर मतदान हलमा प्रवेश गरिरहेका छन् । मतदान सम्पन्न भएकाे केही समयपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८३ असार ११, ०७: ४५

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८३ असार ११, ०७: ४५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८३ असार ११, ०७: ४५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...