बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन् ।

बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

उद्धार टोलीले गाडीभित्र रहेका मियालाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८३ असार ११, ०७: २९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि कारागार चलान
  • २०८३ असार ११, ०७: २९

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर...

हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध
हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध
  • २०८३ असार ११, ०७: २९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक...