
काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो।
थुनछेक बहसका लागि प्रहरीले बिहीबार अधिकारीलाई अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई काठमाडौंको सुन्धारास्थित जगन्नाथ देवल कारागार पठाइएको छ।
कुमार चिमोरियाको जाहेरीका आधारमा प्रहरीले अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन Interpol मार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। त्यसपछि उनलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।
१. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...