
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टी-रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टी-रेबिज खोप मौज्दात रहेको जानकारी दिए ।
उनका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा दुई हजार ५०० भायल एन्टी–रेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ ।
उनले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको छ ।
मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोधसमेत गरेको छ । मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
उनका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टी–रेबिज खोप करिब ४० दिनलाई पुग्ने मौज्दात रहेको रहेको छ । स्वास्थ्य सेवा विभागबाट नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा नियमित हुने अपेक्षा गरिएको बताए ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...