
काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उनका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन् ।
कार्यादललाई साउन मसान्तसम्म सिट बाँडफाँटको प्रस्ताव तयार पारेर ल्याउन नेताहरुले भनेपनि समयअवधिसम्म वाँडफाट मिलाउन सकस परेपछि कार्यादल सदस्यसहित नै गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनले साउन २० गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको बुधबार बसेको बैठकले शीर्षस्थ नेतासँग छलफल गरेर सिट बाँडफाँटमा टुङ्गो लगाउने सहमति जुटेको थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा सिट बाँडफाँट लगायत समसामायिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका शीर्षस्थ नेताहरु सहभागी भएका थिए ।
सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...