पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल केन्या विरुद्ध ५ विकेटले विजयी – Naya Bikalpa
September 7, 2024, Saturday

पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल केन्या विरुद्ध ५ विकेटले विजयी

नयाँ विकल्प,

काठमाडौं : केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ। केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे।

यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे। नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका थिए। जितसँगै ५ खेलको श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ।

नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो ।

पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०७९ भाद्र ९, २२: ४१

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०७९ भाद्र ९, २२: ४१

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ भाद्र ९, २२: ४१

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...