काठमाडौं । एशिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको छ । हार्दिक पाण्ड्याले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि अत्यन्तै रोमाञ्चक स्पर्धामा भारतले पाकिस्तानलाई हराउन सफल भयो ।
पाकिस्तानले प्रस्तुत गरेको १४८ रनको लक्ष्य भारतले खेल सकिन दुई बल बाँकी छँदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि विराट कोहली र रविन्दर जडेजाले सामान ३५ रनको योगदान दिए ।
२० औं ओभरको पहिलो बलमा जितका लागि ७ रन आवश्यक छँदा संयमित पारी खेलेका रविन्दर जडेजा बोल्ड भएपछि भारत दबाबमा आएको थियो ।
तर पाण्ड्याले २० औं ओभरको चौथो बलमा छक्का लगाउँदै उत्कृष्ट अन्त्य गरे । उनले अविजित रहँदै ३३ रनको योगदान गरे । करण लोकेश राहुल पहिलो बलमै आउट भएपछि भारतीय पारी दबाबमा आयो ।
तर कप्तान रोहित शर्माले विराट कोहलीसँग दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेको पारी उकासे । शर्माले १२ रन बनाए । सूर्यकुमार यादवले १८ रनको योगदान दिए ।
पाकिस्तानका लागि मोहम्मद नवाजले सर्वाधिक तीन तथा नसीम शाहले दुई विकेट लिए । त्यसअघि, यूएईमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाकिस्तानले १९ ओभर पाँच बलमा १४७ रनमा समेटिन पुग्यो ।
उत्कृष्ट लयमा रहेका कप्तान बाबर आजम मात्र १० रनमा आउट भएपछि अर्का ओपनर मोहम्मद रिजवानले उत्कृष्ट पारी खेल्दै ४३ रनको योगदान दिए । इफ्तिखार अहमदले २८ रन बनाएर पाकिस्तानको योगफल अगाडि बढाए ।
भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिए । हार्दिक पाण्ड्याले तीन, अर्शदीप सिंहले दुई तथा अवेश खानले एक विकेट लिए । पाण्ड्या खेलको म्यान अफ द् म्याच घोषित भए ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...