केन्याविरुद्धको टी–२० सिरिज नेपालको हातमा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

केन्याविरुद्धको टी–२० सिरिज नेपालको हातमा

 

नयाँ विकल्प,

काठमाडौं – आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो।

जितका लागि नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो।

केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ तथा शेम नेगोचेले अविजित ३३ रनको योगदान गरे। इर्फान करिमले २८ रन जोडे।

बलिङतर्फ सन्दीप लामिछाने र बासिर अहमदले २/२ विकेट लिए। करण केसी, दिपेन्द्र सिंह ऐरी र मोहम्मद अदिल आलमले १/१ विकेट हात पारे।

यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।

ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन जोडे। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। टी–२० अन्तरराष्ट्रियमा ज्ञानेन्द्रले प्रहार गरेको यो दोस्रो अर्धशतक हो।

रोहित पौडेलले ४७ रनको योगदान गरे। २५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे।

बलिङतर्फ केन्याका बार्च पटेल, शेम नेगोच र नेहेम्याह ओधियाम्बोले २/२ तथा लुकास ओलुओचले १ विकेट हात पारे।

यो शृंखलापछि नेपालले केन्यासँग त्यहीँ ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ।

पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आगामी शनिबार र अन्तिम खेल आगामी सोमबार हुनेछ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०७९ भाद्र १४, २२: ११

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र १४, २२: ११

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र १४, २२: ११

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...