नेपाली क्रिकेट टोली स्वदेश फिर्ता – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


काठमाडौं । नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । केन्या विरुद्ध टि–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको हो ।

क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको थियो । नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि यही टुरबाट नेपालको प्रशिक्षकको रुपमा डेब्यु गरेका छन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरेका थिए । नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो राम्रो प्रभाव छोडेका छन् । टि–२० शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमिय लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए ।

स्वदेश फर्किएपछि रोहितले केन्या भ्रमण समग्रमा राम्रो भएको बताएका छन् । नेपाली खेलाडीले अझै पनि ब्याटिङमा काम गरिरहेको र टिममा सुधार गर्नुपर्ने उनले भनाइ छ । सिनियर टिमको कप्तानी गर्नुले जिम्मेवारी बढेको उनको तर्क छ । रोहितले अनुभवी खेलाडी ज्ञानेन्द्र र डेब्युटान्ट अर्जनुले राम्रो खेलेको समेत बताएका छन् ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र २२, १३: ४९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र २२, १३: ४९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ भाद्र २२, १३: ४९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...