काठमाडौं । समूह बी को विजेता टोली बन्दै नेपाल दशरथ रंगशालामा जारी छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूहको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालको जितसँगै भुटान पनि अन्तिम चारमा पुग्यो ।
श्रीलंका भने दुवै खेलमा पराजित भएर समूह चरणबाटै बिदा भएको छ । अन्तिम चारमा नेपालको सामना बंगलादेश वा भारतसँग हुनेछ । समूह ए अन्तर्गत भारत र बंगलादेशबीचको खेलले नेपाली टोलीको प्रतिद्वन्द्वी तय हुनेछ ।
नेपालको जितमा अमिशा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरू लिम्बूु, अमृता जैशी र दीपा शाहीले १–१ गोल गरे । नेपालले पहिलो हाफमा चार गोल गरेको छ भने दोस्रो हाफमा दुई गोल गरेको थियो ।
यसअघि नेपालले भुटानलाई ४–० गोलअन्तरले हराएको थियो । खेलको नवौं मिनेटमा रश्मीको गोलबाट नेपालले सुरूवाती अग्रता लिएको थियो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...