बंगलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

बंगलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । बंगलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भुटानलाई हराउँदै बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको जनाइएको छ ।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरे । एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।

खेलको १८ औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २–० को बनाए । ३० औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर बन्यो । खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४–० ले अघि रह्यो । दोस्रो हाफमा बंगलादेशले थप ४ गोल गर्यो ।

खेलको ५४ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाईन् । खेलको ५७ औं मिनेटमा प्रभिनले गोल गर्दा बंगलादेश ६–० ले अघि रह्यो । ८७ औं मिनेटमा खातुनले गोल गरेपछि बंगलादेश ७–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८–० को जित दिलाईन् ।

अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ ५ः३० बजे सुरु हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ भाद्र ३१, १५: ५९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ भाद्र ३१, १५: ५९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ भाद्र ३१, १५: ५९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...