काठमाडौं । चार जना नेता मुख्य मन्त्रीको भन्ने दौडमा छन् । भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्कीले प्रदेश नं. १ मा मुख्य मन्त्रीका दाबेदारको रुपमा आएका हुन् ।
प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु पहिला मुख्यतयः एमालेका पोलिटब्यूरो सदस्य राई र सचिव आचार्यको नाम भावी मुख्य मन्त्रीका चर्चामा आएको थियो । तर, प्रदेश नं. १ मा एमाले एक्लैले स्पष्ट बहुमत ल्याइसकेपछि थप दुई जना पनि मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् ।
मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्की पनि मुख्यमन्त्रीको आकांक्षी देखिएका हुन् । उनीहरु दुवै जना एमालेका केन्द्रीय सदस्य हुन् ।
चुनाव अगावै मुख्य मन्त्रीको चर्चामा रहेका भोजपुरका शेरधन राई राईले भने एक नम्बर प्रदेशलाई पूर्वाधार, सामर्थ्यका हिसाबमा अब्बल प्रदेश निर्माणका लागि आफूले मुख्यमन्त्रीको दाबी गरेको बताउँछन् ।
‘मुख्य मन्त्रीको पदबाट मेरो लाभ लिने इच्छा र लोभ छैन । म विकास र समृद्धिका लागि इच्छाशक्ति बलियो भएको मान्छे हुँ’, राई भन्छन्, ‘संघीयता कार्यन्वयनसँगै उपयुक्त समयका लागि मैले मुख्य मन्त्रीको दाबी गरेको हुँ ।’
चार वटा जिल्ला रहेको १ नं। प्रदेशमा भौगोलिक र जातीय स्थितिका कारण समेत आफू मुख्यमन्त्रीको लागि उपयुक्त रहेको उनको दाबी छ । राई भोजपुर ९ख० बाट २० हजार ३ सय ३४ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यता, सुनसरीका आर्चाय भने केन्द्रिय सचिव भए पनि प्रदेशमा चुनाव लडेकाले आफू नै मुख्य मन्त्रीको दाबेदार रहेको बताउँछन् । उनले दाबी गर्छन्, ‘कुनै पनि हिसाबमा म नै मुख्यमन्त्रीको लागि योग्य व्यक्ति हुँ, मेरो विकल्प अरु हुनै सक्दैनन् ।’ उनी सुनसरी क्षेत्र नं। १ ९ख० बाट २० हजार २ सय ११ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
बिराटनगरका प्रदेशसभा सदस्य जीवन घिमिरेले पनि आफूले अहिलेसम्म राजकीय पद नपाएको र नखोजेका कारण अबको मुख्य मन्त्री आफैं हुने र यसका लागि विकल्प नभएको बताउँछन् । उनी मोरङ क्षेत्र नम्वर ४ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचत भएका थिए ।
झापाका हिक्मत कार्की पनि आफू मुख्यमन्त्रीको दाबेदारको रुपमा मैदानमा रहेको बताउँछन् । ‘धेरै साथीहरु जस्तै मैले पनि केन्द्रिय तहको राजनितिमा रहेर लामो समयदेखि काम गरेको छु । मसँग पनि उत्तिकै अनुभव छ । म पनि प्रदेश सभा सदस्य भएको नाताले मुख्य मन्त्रीको दावेदारका रुपमा मैदानमा छुु ।’झापा ५ ९क० बाट २४ हजार ९८ मत ल्याए विजयी भएका हुन् ।
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।...