गायक प्रमोद पाण्डेको निधन – Naya Bikalpa
April 19, 2024, Friday

गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा निधन भएको हो ।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो ।

कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो । उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए ।

उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो . बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ ।

चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उनले ‘बिर्सन खोज्छु तिमीलाई’बोलको गीत पनि रेकर्ड गराएका थिए ।

सम्बन्धित समाचार

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
  • २०७९ आश्विन २१, ०९: २२

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक...

स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही
स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही
  • २०७९ आश्विन २१, ०९: २२

काठमाडौं । सामाजिक सञ्जालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारको...

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो
काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो
  • २०७९ आश्विन २१, ०९: २२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौं जिल्लाका कक्षा...