काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ ।
समाजवादी पार्टीले आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ । उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको निधन भएको हो । सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए ।
यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए । उनको निधनप्रति भारतका अन्य नेताहरुले शोक व्यक्त गरेका छन्
।
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको...