जोशीको निधनमा शोक मनाउन भोलि देशभर सार्वजनिक विदा, राष्ट्रिय झण्डा झुकाउने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

जोशीको निधनमा शोक मनाउन भोलि देशभर सार्वजनिक विदा, राष्ट्रिय झण्डा झुकाउने

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको प्रशासनलाई बताए । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भने ।

‘मन्त्रालयले सार्वजनिक बिदाबारे एक सूचनासमेत प्रकाशित गरेको छ । संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, प्रवक्ता पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७९ आश्विन ३१, १६: ५७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७९ आश्विन ३१, १६: ५७

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७९ आश्विन ३१, १६: ५७

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...