काठमाडौं । संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने भएको छ।
महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएकाले यस्तो गरेको हो ।
महानगरले ३० दिनभित्र व्यवसाय दर्ता गर्न आग्रह गरेको हो । नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिने महानगरले जनाएको छ । अनुगमनका क्रममा महानगरमा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने जनाएको छ।
व्यवसाय बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।
ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...
काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...