महिला भलिबलतर्फ नेपाल एपीएफ क्लबले जित्यो स्वर्ण – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

महिला भलिबलतर्फ नेपाल एपीएफ क्लबले जित्यो स्वर्ण

नयाँ विकल्प,

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ ।

म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

एपीएफले पहिलो सेट २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०-२८ ले आफ्नो पक्षमा पारेपछि एपीएफले २(० को अग्रता बनाएको थियो ।

तेस्रो सेटमा पुलिसले पुनरागमन गर्दै टाइब्रेकमा २६-२४ ले आफ्नो पक्षमा पारेको थियो ।
तर चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै एपीएफले स्वर्ण पक्का गरेको हो ।

महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरि बागमतीले कांस्य जितेको हो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ कार्तिक २, १८: १८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७९ कार्तिक २, १८: १८

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७९ कार्तिक २, १८: १८

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...